
काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विरोधमा नाराबाजीसहितमा प्रदर्शन गरिएको छन् ।
सिरोहियालाई पक्राउ गरेको विरोधमा नागरिक समाज धनुषाको ब्यानरमा उद्योग वाणिज्य सङ्घ र नेविसंघका कार्यकर्ताले धनुषा अदालत अगाडि नाराबाजी र प्रदर्शन गरेका हुन् ।
राजनीतिक प्रतिशोध साधिएको भन्दै नाराबाजी र प्रदर्शन गर्दै प्रहरी घेरा तोड्न थालेपछि प्रहरीसँग विवाद भएको छ । सिरोहिया समर्थनमा आएको नागरिक समाजले सरकारविरुद्ध नाराबाजी गर्दै अदालत अगाडि जान खोज्दा प्रहरीले रोक्ने क्रममा घम्साघम्सी भएको हो ।
नेविसंघ कार्यकर्ताहरूले प्रदर्शन गर्दै प्रहरीको घेरा तोड्न खोजेका थिए । प्रहरीले रोक्दा घम्साघम्सी भएको धनुषा प्रहरीले जानकारी दिएको छ । आज सरकारी वकिलको सोधपुछ बहस हुने अदालती प्रक्रिया रहेको जनाइएको छ । त्यसपछि म्याद थप गर्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश आउने छ ।














