Logo
Logo

काभ्रेमा एक दम्पतीको हत्या, पसल र भान्सा कोठामा भेटियो शव


441
Shares

काठमाडौं । काभ्रेको महाभारत गाउँपालिका–४ महादेवटारमा एक दम्पतीको हत्या भएको छ । महादेवटारका ६० वर्षीय मानबहादुर बल र उनकी ५० वर्षीया श्रीमती केकाइमायाको हत्या गरिएको अवस्थामा घरमै शव भेटिएको हो ।

श्रीमानको शव पसल रहेको कोठामा र श्रीमतीको शव भान्सा कोठामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी तथा प्रवक्ता राजकुमार श्रेष्ठले बताए । उनीहरुको टाउकोमा गह्रुँगो वस्तुले प्रहार गरेर हत्या गरेको जस्तो देखिएको डीएसपी श्रेष्ठले बताए । यद्यपी उनीहरुको हत्या कसले र किन ग¥यो अहिलेसम्म खुल्न सकेको छैन ।

उक्त घरमा उनीहरु दुई जना मात्रै बस्दै आएका थिए । ढोका खुल्ला रहेको अवस्थामा शव भेटिएको डीएसपी श्रेष्ठले बताए । घटनाबारे अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्