Logo
Logo

कैलाश सिरोहियामाथिको थुनछेक बहस सकियो


2.3k
Shares

काठमाडौं । धनुषा जिल्ला अदालतमा उपस्थित गराइएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको थुनछेक बहस सकिएको छ । पक्ष र विपक्ष दुवै तर्फबाट बहस सकिएको हो ।

नागरिकता किर्ते मुद्दामा सिरोहियालाई प्रहरीले मंगलबार थापाथलीबाट पक्राउ गरेको थियो । उनलाई प्रहरीले आज धनुषा जिल्ला अदालतमा पेस गरेको हो ।

प्रहरीले सिरोहियालाई हिजो साँझ थापाथलीस्थित कान्तिपुरको कार्यकक्षबाटै पक्राउ गरेको थियो । उनलाई स्थलमार्गबाट आज बिहान पौने ६ बजे जिल्ला प्रहरी कार्यालय धनुषा पुर्‍याइएको हो ।

प्रतिक्रिया दिनुहोस्