Logo
Logo

अमेरिकाले सन्दीप लामिछानेलाई दिएन भिसा


2.4k
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई अमेरिकाले भिसा नदिएको बताएका छन् ।

बुधबार सामाजिक सञ्जालबाट सन्दीपले अमेरिका र वेस्ट इन्डिज हुने तय भएको विश्वकपका लागि अमेरिकाले आफूलाई भिसा दिन अस्वीकार गरेको बताएका हुन् । अमेरिका र वेष्टइन्डिजमा हुने टी-२० विश्वकप क्रिकेटका लागि अरु नेपाली खेलाडी अमेरिका पुगिसकेका छन् ।

बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघले उनलाई नेपाली टिममा समावेश गरेको थियो । तर अमेरिकाले भिसा नदिएपछि सन्दीप नेपालमै रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस्