Logo
Logo

विकल पौडेलविरुद्ध चौथो मुद्दा: ६२ करोड गैर कानुनी सम्पत्ति आर्जनको आरोप


441
Shares

काठमाडौं । गैर कानुनी सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ । पौडेलविरुद्ध ६२ करोड रुपैयाँ गैर कानुनी सम्पत्ति आर्जन गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

लामो समय केन्द्रमा बसेर अनियमितताको शृङ्खला चलाएका उनी विरुद्ध अख्तियारले दायर गरेको यो चौथो मुद्दा हो । अझै दुई मुद्दा विशेषमा विचाराधीन छन् । 

सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचार गरेर सम्पत्ति आर्जन गरेको आरोप अख्तियारले विकल विरुद्ध लगाएको छ । 

यसरी आर्जित सम्पत्ति आफू र परिवारका सदस्यका नाममा राखेको पनि देखिएको छ । भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति विभिन्न देशमा पुराएर सञ्चय गरेकोसमेत अख्तियारको आरोप पत्रमा उल्लेख छ ।

अख्तियारले यस मुद्दामा विकलकी श्रीमती एलिना बस्नेत, बुवा धर्मप्रसाद शर्मा पौडेल र आमा शीतल पौडेललाई समेत प्रतिवादी बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्