Logo
Logo

आज देशभर सार्वजनिक बिदा


819
Shares

काठमाडौं । सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती तथा उभौलीका अवसरमा सरकारले देशभर बिदा दिएको हो ।

अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर विभिन्न कार्यक्रम हुँदैछन् ।

बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्छन।

प्रतिक्रिया दिनुहोस्