Logo
Logo

बेलायतमा अर्का भूपू गोरखाको कोरोनाका कारण निधन


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, ३० चैत । कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्वगोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आउनुभएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको थियो ।
मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएक थिए । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्