Logo
Logo

लाइसेन्स प्रकरणमा पक्राउ परेका दुई कर्मचारी धरौटीमा छुटे


567
Shares

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रकरणमा पक्राउ परेका दुई कर्मचारी धरौटीमा छुटेका छन् । हिरासतमा रहँदा शशांक बस्याललाई लाइसेन्स बनाइदिएको आरोपमा पक्राउ परेका उनीहरु काठमाडौं जिल्ला अदालतको आदेशमा धराटीमा रिहा भएका हुन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गालाल भुसालको आदेशमा अख्तियारमा कार्यरत सूचना प्रविधि अधिकृत सुरज प्रकाश अर्याल र यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत अधिकृत नारायण प्रसाद पाण्डे जनही ५ लाख धरौटीमा रिहा भएका हुन् ।

यस्तै, यातायात व्यवस्था विभागका पूर्वकरारका कर्मचारी हरिश भट्टसँग अदालतले २ लाख धरौटी मागेको छ । तर, लाइसेन्स घोटालाबारे भट्टविरुद्धको अर्को मुद्दा नटुङ्गिएकाले उनलाई हिरासतमै नै राखिएको सीआईबीले जनाएको छ ।

भट्टसहितका कर्मचारीहरूविरुद्ध सीआईबीले रकम असुलेर लाइसेन्स द्रुत छपाई गरेको आरोमा अनुसन्धान सकेर सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको छ ।

बुटवल प्रहरीको हिरासतमा थुनामा रहेको बेला शशांक बस्याललाई लाइसेन्स बनाइदिएको आरोपमा जिल्ला सरकारी वकिल कार्यालयले कम्यूटर अपरेटर नारायण प्रसाद पाण्डेसहित ७ जनालाई प्रतिवादी बनाएको थियो ।

पक्राउ परेका ३ जना, रुपन्देही घर भएका २८ वर्षीय अकरामुद्दिन मुसलमान, पाल्पा घर भएका २० वर्षीय शशांक बस्याल र पाल्पा घर भएका ५१ वर्षीय ठानेश्वर बस्याल र रुपन्देही घर भएका अरुण कार्की भन्ने लट्ट नाउलाई फरार प्रतिवादी कायम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्