Logo
Logo

बेलायतकाे संसद विघटन, जुलाई ४ मा आमनिर्वाचन घोषणा


1.9k
Shares

काठमाडौं । बेलायती प्रधानमन्त्री ऋषि सुनकले संसद बिघटन गरी जुलाई ४ मा आमनिर्वाचन गर्ने घोषणा गरेका छन् । संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेलगतै प्रधानमन्त्री सुनकले आगामी जुलाई ४ मा आमनिर्वाचनको घोषणा गरेका हुन् ।

उनले संसद भंग गर्ने सिफारिस राजाले स्वीकृत गरेको बताएका छन् । बीबीसीका अनुसार प्रधानमन्त्री सुनकले चुनाव मिति घोषणा गर्दै बेलायतीहरूले भोटमा आफ्नो भविष्य रोज्न सक्षम हुने अभिव्यक्ति दिएका छन् ।

बेलायतको सत्तारुढ कन्जरभेटिभ्स पार्टीका सांसदहरूले प्रधानमन्त्री सुनकलाई हटाउन खोजेपछि उनले निर्वाचनको घोषणा गरेको बीबीसीले उल्लेख गरेको छ । बीबीसीका अनुसार संसद शुक्रबार विघटन हुनेछ । संसदको पहिलो बैठक बसेको पाँचौं वर्ष पूरा भएपछि मात्र संसद विघटन हुनुपर्ने व्यवस्था छ ।

यदि, तोकिएको प्रक्रिया अपनाएको भए बेलायतमा २८ जनवरी २०२५ अघि चुनाव भइसकेको हुन्थ्यो । तर, सत्तारुढ दलमा रहेको विवादका बीचमा सुनक निर्वाचनमा गएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्