Logo
Logo

बलात्कार मुद्दामा फरार युवक रोमानियाबाट पक्राउ


1.6k
Shares

काठमाडौं । बलात्कार मुद्दामा फरार रहेका एक नेपाली रोमानियाबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिकाका २४ वर्षीय गौरव नेपाली रहेका छन् ।

जबरजस्ती करणी मुद्दामा फरार रहेका उनलाई नेसनल सेन्ट्रल ब्यूरो रोमानियाको सहयोगमा पक्राउ गरेर काठमाडौं ल्याइएको हो । प्रहरीको अन्तर्राष्ट्रिय संगठन इनटरपोलबाट सन् २०२३ अप्रिल २४ मा रेड नोटिस जारी भएपछि रोमानिया प्रहरीले उनलाई पक्राउ गरेको हो ।

नेपालीलार्ई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त गौशाला काठमाडौंमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्