Logo
Logo

धनुषाको क्रसर उद्योगमा एक युवकको शव भेटियो


252
Shares

जनकपुरधाम । धनुषामा एक क्रसर उद्योगमा क्रसरको फित्तामा टाउको फसेको अवस्थामा एक युवकको शव फेला भेटिएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ स्थित कमला स्टोन क्रसरमा स्थानीय गोदरका २० वर्षीय अर्जुन यादवको शव भेटिएको हो ।

उक्त क्रसर उद्योगमा काम गर्दै आएका यादवको शव ढुंगा फोड्ने मेसिनको फित्तामा टाउको च्यापिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । सोही क्रसरमा काम गर्ने बाराक निजगढ बस्ने ४५ वर्षीय खेमकुमार मगर घाइते अवस्थामा भेटिएको उनले बताए ।

मृतकका आफन्तले घटना शंकास्पद भएको भन्दै गम्भीर रुपमा अनुसन्धान गर्न माग गरेका छन् । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्