Logo
Logo

मुद्दा किनारा नलाग्दासम्म गण्डकी प्रदेशसभा बैठक बहिस्कार गर्ने कांग्रेसको निर्णय


1k
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस गण्डकीले सर्वोच्च अदालतमा दायर भएको मुद्दा किनारा नलागेसम्म प्रदेश सभा बैठक बहिस्कार गर्ने निर्णय गरेको छ । गत वैशाख २३ गते मुख्यमन्त्री खगराज अधिकारीले विश्वास मत लिँदा सभामुख कृष्ण धितालले बहुमत प्राप्त गरेको घोषणा गरेपछि कांग्रेस सर्वोच्च अदालत पुगेको थियो ।

६० सदस्यीय गण्डकी प्रदेश सभामा ३० मत आए पनि सभामुख धितालले मुख्यमन्त्रीले बहुमत पाएको घोषणा गरेका थिए । त्यसअघि प्रदेश सभामा बहुमत ल्याउन ३१ सांसद चाहिने अभ्यास थियो । सर्वोच्चमा दायर रिटबारे निरन्तर सुनुवाइ भइरहेको र जेठ १८ गते अन्तिम सुनुवाइ हुने भएकोले त्यसअघि प्रदेश सभा बैठकमा सहभागी नहुने निर्णय भएको कांग्रेस प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

उनले भनेका छन्, ‘अदालत अन्तिम फैसला आउन बाँकी रहेको र २०८१ वैशाख २८ गते अल्पकालीन अन्तरिम आदेश जारी गर्दै खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारलाई दीर्घकालिन असर पर्ने गरी कुनै निर्णय नगर्नु, नगराउनु भन्ने अन्तरिम आदेश समेत जारी गरिएको समयमा अदालतको आदेशको अवहेलना हुने गरी कामचलाउ सरकारले मिति २०८१ जेठ ११ गते अपराह्न ३ बजे प्रदेश सभा बैठक आह्वान गरेर आगामी बजेटका सन्दर्भमा पूर्व छलफल गराउने कार्यप्रति नेपाली कांग्रेस संसदीय दलको गम्भिर असहमति रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्