Logo
Logo

विमानले ठक्कर दिँदा आफ्नै कर्मचारी गम्भीर घाइते


693
Shares

मुगु । मुगुको रारा विमानस्थलमा सीता एयरको विमानको ठक्करबाट आफ्नै कर्मचारी घाइते भएको छ ।

बिहीबार नेपालगञ्ज उड्ने तयारीमा रहेको ट्विनअटर विमानले ठक्कर दिँदा सोही विमानका मुगु स्टेसन प्रमुख धीरेन्द्र भाम गम्भीर घाइते भएका हुन् ।

भाम विमानका चालकहरूलाई विमान उडान संकेत गरिरहेका वेला चालकले बोलाएपछि विमानतर्फ जाँदै गर्दा विमान गुड्न सुरु गरेर विमानको अघिल्लो भागले ठक्कर दिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

घाइते भएपछि अचेत अवस्थामा रहेका भामलाई सोही एयरको विमानमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्