Logo
Logo

सिरोहिया पक्राउ पर्दैमा सञ्चारका हक खोसिँदैन : ओली


1k
Shares

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउ पर्नुलाई सरकारले सञ्चारको हक खोसेको अर्थमा बुझ्न नहुने बताएका छन् ।

बिहीबार झापामा एक सडक उद्घाटन कार्यक्रममा आएका उनले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै यस्तो बताएका हुन् । कुनै समाचारकोे विषयमा नभई सरकारले फौजदारी विषयमा छानबिन गर्नुपर्ने देखेर सिरोहियालाई पक्राउ गरेको ओलीको भनाइ थियो ।

‘किन यो समाचार प्रकाशित ग¥यो, किन यस्तो बोल्यो भन्ने विषय त होइन, विषय अर्कै छ, त्यस सम्बन्धमा फौजदारी कुरा होला’ ओलीले भने, ‘यस सम्बन्धमा सरकारले छानबिन गर्नुपर्ने देख्यो भने अनि कोही मन्त्री समाउँदा, उपप्रधानमन्त्री समाउँदा अनेक हुँदा कराउन नपर्ने, हल्लिन नपर्ने । डेमोक्रेसी कसरी खतरामा परिहाल्यो एकजना मिडिया हाउसका मान्छे गिरफ्दार हुँदा ?’

सिरोहिया पक्राउ सही वा गलत हो भन्नेबारे भने टिप्पणी नगर्ने उनले बताए । उनले सिरोहिया पक्राउ पर्दा लोकतन्त्र खतरामा नपर्ने र सञ्चारका हकहरु नखोसिने बताए ।

प्रतिक्रिया दिनुहोस्