Logo
Logo

पाल्पाको फोटो प्रदर्शनी 


3.2k
Shares

काठमाडौं । पाल्पाको पर्यटन प्रवर्द्धन गर्न सम्पदा दर्शनले आज काठमाडौंमा एकदिने फोटो प्रदर्शनीको आयोजना गरेको छ ।

मन्त्रीपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले उक्त फोटो प्रदर्शनीको  पानसमा बत्ती बालेर शुभारम्भ गरेका थिए । उक्त समारोहमा नेपाली कांग्रेसका सांसद डा. आरजु राणा देउवा र पाल्पाका राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरेलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

फोटो प्रदर्शनीमा पाल्पाको रमणीय दृश्य, पुरातात्त्विक महत्वका स्थानहरूका साथै तानसेन बजारको पुरानो  फोटो, कलात्मक मठ मन्दिरहरूको फोटो प्रदर्शनी गरिएको थियो । 

प्रदर्शनीमा करिब तीन सय वटा फोटो राखिएको थियो । जसमध्ये पाल्पाको करिब एक सय वटा फोटो प्रदर्शनीमा राखिएको थियो । अरू सातै प्रदेशको ऐतिहासिक, धार्मिक र सांस्कृतिक फोटोहरू समावेश गरिएको थियो ।

उक्त फोटो प्रदर्शनीको संयोजन साकार प्रधान, सन्दीप राना र प्रकट नारायण श्रेष्ठले गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्