Logo
Logo

गणतन्त्रमा संविधान र कानुनभन्दा माथि कोही हुन सक्दैनः सञ्चारमन्त्री


252
Shares

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गणतन्त्रात्मक शासन व्यवस्थामा संविधान र कानुनभन्दा माथि कोही पनि हुन नसक्ने बताएका छन् ।

गणतन्त्र दिवस– २०८१ का अवसरमा राससद्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको आज उद्घाटन गर्दै मन्त्री शर्माले जतिसुकै माथिल्लो ओहदाको व्यक्ति भए पनि संविधान र कानुनको दृष्टिमा सबै समान हुने भएकाले सरकारले त्यसैअनुसार कानुन कार्यान्वयन गरिरहेको स्पष्ट पारे ।

‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियुक्त हुँदै गर्दा गणतन्त्रले केही गर्न सकेन भनेर एक प्रकारले नकारात्मक भाष्य सिर्जना गरिएको थियो। सामाजिक न्याय, समृद्धि तथा सुशासनको पक्षमा दृढतापूर्वक काम गरेकाले व्यवस्था र परिवर्तनका पक्षमा नकारात्मक भाष्य चिर्न सरकार सफल भएको छ’, नेपाल सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले भने, ‘सूचना र सञ्चारका क्षेत्रमा पनि हामी गुणात्मक उपलब्धि हासिल गर्न सफल भएका छौँ ।’

मुलुकले पूर्वाधार विकासमा फड्को मार्दै गएको र अभ्यासका क्रममा कुनै कमी कमजोरी भएमा दोषीको भागिदार सम्बन्धित व्यक्ति हुने तर गणतन्त्रात्मक व्यवस्था भने नहुने स्पष्ट गर्दै उनले व्यवस्थालाई सबल बनाउने सवालमा जनताबाट आउने खबरदारीलाई सरकारले ग्रहण गर्ने बताए ।

गणतन्त्र दिवसका उपलक्ष्यमा गत वर्षदेखि सुरु गरिएको तस्बिर प्रदर्शनीमा दार्चुलाको मार्मादेखि पाँचथरको धार्पुसम्मका ९५ तस्बिर समेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्