Logo
Logo

‘सहकारी ठगीको छानबिनमा गृहमन्त्रीको नाम हटाउन प्रतिपक्ष लचक भयो’


1.1k
Shares

काठमाडौं । सहकारी छानबिन समितिका ‘टीओआर’ निर्माण कार्यदलमा सत्तारूढ दलका सदस्यले गृहमन्त्री रवि लामिछानेको नाम हटाउन कांग्रेस तयार भएको बताएका छन् ।

समितिका सदस्य तथा नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले लामो छलफलपछि नेपाली कांग्रेस सहकारी ठगीको छानबिनका लागि बनेको संसदीय समितिको टीओआरमा लामिछानेको नाम हटाउन लचक भएको बताए ।

उनले भेन, ‘सहकारीको छानबिनका लागि बन्ने संसदीय समितिमा गृहमन्त्री रवि लामिछानेको नाम नराख्न उहाँहरू लचक हुनुभएको छ, अब उहाँहरू आफ्नो नेतृत्वसँग छलफल गर्नु हुन्छ । भोलि बिहान साढे ८ बजे हामी पुनः बैठक बसेर टुंग्याउने छौँ ।’

प्रतिक्रिया दिनुहोस्