Logo
Logo

संसदीय छानबिन समितिको कार्यादेश टुंगाउन कार्यदलको बैठक बस्दै


441
Shares

काठमाडौं । सहकारी ठगीको छानबिन गर्न संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक सिंहदरबारस्थित कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा अहिले बिहान ८ बजे बस्ने भएको हो ।

यसअघि बिहीबार बसेको बैठक निष्कर्षविहीन टुंगिएको थियो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गरेरै अनुसन्धान गर्नुपर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन भएको एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले बताएका थिए ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बैठकमा सरकार पक्षबाट राखिएको मौखिक प्रस्तावमा नाम नराखी छानबिनको दायरा अघि बढाउन सक्ने आशय आएको र आफूहरुले अस्वीकार गरेको बताएका थिए ।

प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने तय भएको छ । संसदको बैठकअघि कार्यदलले सहमति जुटाउने प्रयास गर्ने भएको छ । कार्यदलमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरी, प्रमुख सचेतक बर्तौला, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता शिशिर खनाल, कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्की र परियार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्