Logo
Logo

१९ प्रहरी सम्पर्कविहीन, सात दिनभित्र हाजिर हुन हेडक्वार्टरको निर्देशन


1.6k
Shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गैर हाजिर रहेका १९ प्रहरीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । कार्यालयले आज एक सूचना जारी गर्दै सम्पर्कविहीन १९ प्रहरी कर्मचारीलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो ।

कार्यालयले सूचना प्रकाशित भएको सात दिनभित्र आफु गैर हाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफसहित हाजिर हुन भनेको हो । उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले चेतावनी दिएको छ ।

प्राविधिक प्रहरी नायब निरीक्षक अन्जन सिंखडा, प्रहरी सहायक निरीक्षक भोजराज न्यौपाने, प्रहरी हवलदारहरू कमल रोका मगर देवेन्द्र डिसी, यौनी कमार मण्डल गत चैतदेखि गैर हाजिर छन् ।

त्यस्तै प्रहरी जवानहरू शिव श्रेष्ठ, शिव कुमार चलाउने, रूपक केसी, वीरेन्द्र सिंह भाट, सुमन खड्का, कन्हाईलाल राम, प्रसन्नकुमार विक, अनुप मिजार, अशोक नेपाली, कुल बहादुर सारू थापा, कल्याण जिसी माधव थापा र रमिता खत्री छन् ।

प्रतिक्रिया दिनुहोस्