काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (राअवि)ले विभिन्न पदका लागि २५२ जना कर्मचारी मागेको छ । शुक्रबार सूचना प्रकाशित गरी विभागले विशेष सेवाको सहायक सूचक, सुरक्षा गार्ड र परिचर पदका लागि दरखास्त आह्वान गरेको हो । विभागले सहायक सूचक पदमा २३४ जना, १६ जना सुरक्षागार्ड र २ जना परिचर मागेको हो ।

दरखास्त दिनका लागि एक महिनाको समय तोकिएको छ । सहायक सूचक पदका लागि अनलाइनमार्फत फाराम भर्न सकिने र सुरक्षागार्ड र परिचरका लागि तोकिएको स्थानहरुमा उपस्थित भई आवेदन दिनुपर्नेछ । सहायक सूचक र सुरक्षागार्डका लागि लागि तीन सय रूपैयाँ र परिचर पदका लागि २ सय रूपैयाँ दरखास्त शुल्क बुझाउनुपर्ने सूचनामा उल्लेख छ ।
यस्तो छ सूचना















