Logo
Logo

जनतामा भ्रम छरियो, सिरोहिया पक्राउले प्रेस स्वतन्त्रता हनन् भएको छैनः ओली


756
Shares

मोरङ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नागरिकतामाथि प्रश्न उठेपछि कान्तिपुर मिडिया ग्रुपका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको घटनाले प्रेस स्वतन्त्रता हनन् नहुने बताएका छन् ।

एमाले मोरङ जिल्ला कमिटीले विराटनगर– ११ स्थित पाञ्चालिमा रहेको भवन परिसरमा निर्माण गरिएको नेताद्वय स्व पुष्पलाल श्रेष्ठ, मदनकुमार भण्डारी र मनमोहन अधिकारीको अर्धकदको शालिक अनावरणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले नागरिकता छानबिनको विषय प्रेस स्वतन्त्रता हनन्सँग सम्बन्धित नरहेको स्पष्ट पारेका हुन् ।

‘नागरिकता छानबिनबाट मुलुकमा अधिनायकवाद र निरङ्कुशता कायम हुने भन्ने कुरा जनतामा भ्रम सिर्जना गर्ने कार्यमात्र भएको हो । कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया कसैको रिसइबिले होइन नागरिकतासम्बन्धी मुद्दामा पक्राउ परेका हुुन, यसलाई गलत रुपमा प्रस्तुत गर्नु हुँदैन’, उनले भने ।

नेपाली कांग्रेसले सहकारीको मुद्दामा सडकमा आन्दोलन गर्नु जरुरी नभएको उनको धारणा थियो ।

प्रतिक्रिया दिनुहोस्