Logo
Logo

फाइनल प्रवेशका लागि आज राजस्थान र हैदराबाद भिड्दै


1.4k
Shares

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनल प्रवेशका लागि आज राजस्थान रोयल्य र सनराइजर्ज हैदराबादबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार पौने ८ बजे चेन्नइमा सुरु हुनेछ । राजस्थानले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई पराजित गर्दै दास्रो क्वालिफायरमा प्रवेश गरेको हो । हैदराबाद भने पहिलो क्वालिफायरमा कोलकाता नाइट राइडर्ससँग पराजित भएको थियो। पहिलो क्वालिफायरको विजेता कोलकाता भने फाइनलमा पुगिसकेको छ ।

आईपीएलमा राजस्थान र हैदरावादबीच हालसम्म १९ खेल भएको छ । जसमा हैदराबादले १० खेल जित्दा राजस्थानले भने ९ खेलमा जित निकालेको छ । आजको खेल विजेताले आइतबार कोलकत्ता नाइट राइडर्ससँग उपाधिका लागी प्रतिस्पर्धा गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्