Logo
Logo

टीओआरमा सहमति नजिक, अझै बस्न सकेन संसद बैठक


126
Shares

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले संसदीय समितिको कार्यादेश (टीओआर)मा सहमति नजिक पुगेको बताएका छन् । उनले आज नेपाली कांग्रेसले सदन अवरोध नगर्ने पनि विश्वास व्यक्त गरे ।

शुक्रबार बैठकमा सहभागी भएर बाहिरिँदै उनले भने, ‘अब हाउस अगाडि बढ्छ, धेरै सरकारी बिजनेसमा हाउस अगाडि बढ्दैन । नियमित प्रक्रियाबाट आज बैठक बोलाइएको छ । सूचना टाँस गरेर स्थगित गर्ने कुरा उपयुक्त हुँदैन । त्यहाँ कांग्रेसले आन्दोलन नगरे हुन्थ्यो भन्ने आग्रह हो । समितिको निर्णय भइसकेपछि सहमतिको नजिकनजिक आइसकेपछि सदन अवरोध नगरोस् भन्ने हाम्रो चाहना हो ।’

कांग्रेसले अवरोध ग¥यो भने पनि सरकारले जबरजस्ती सरकारी बिजनेस अगाडि नबढाउने उनले बताए । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको थियो । तर कार्यदलमा सहमतिको प्रयास भइरहेकाले तत्काल बैठक बस्ने सम्भावना नरहेको सभामुखको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्