Logo
Logo

विपक्षीको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित


1.5k
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख देवराज घिमिरेले आजको दैनिक कार्यसूचीमा रहेका सम्पूर्ण व्यहोरा हटाएर बैठक स्थगित गरेका हुन् ।

सभामुख घिमिरेका अनुसार, अर्को बैठक आगामी जेठ १३ गते बिहान ११ बजे बस्नेछ । सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले निरन्तर संसद् बैठक अवरोध गर्दै आएको छ ।

आजको बैठकको सुरुमै विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए । सभामुख घिमिरेले पटक पटक विषयवस्तु अघि बढाउन आग्रह गरेपनि उनीहरूले अवरोध कायमै राखे । संसदीय छानबिन समिति बनाउने सहमति दलहरूबीच भइसकेपनि त्यसको कार्यादेश (टीओआर) कस्तो हुने भन्ने विषयमा अझै सहमति जुट्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्