Logo
Logo

भास्कर आई केयरमा प्रभु बैंकका ग्राहकलाई छुट


378
Shares

काठमाडौं । भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा र प्रभु बैंकका ग्राहकले छुट पाउने भएका छन् । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७, मोरङस्थित भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले अन्तरंग तथा बहिरंग सेवामा ओपिडि सर्जरी, शल्यक्रिया, पावर चश्मा, औषधि खर्च तथा अन्य सेवाहरुमा विशेष छुट प्रदान गर्न द्विपक्षीय समझदारी भएको छ ।

एक समारोहका बीच भास्कर आई केयरका सञ्चालन निर्देशक भास्कर कुमार झा र प्रभु बैंकका कोशी प्रदेशका प्रमुख व्यापार केन्द्र अधिकृत बद्रीकुमार कटवालले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरे ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंकको मान्य डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्रिभलेज कार्डमध्ये कुनै एक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा पेश गर्नुपर्ने छ ।

नेपालको निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरले निरन्तर स्तरीय आँखासम्बन्धी स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको छ । स्वास्थ्यप्रति जागरुक नागरिकहरुका लागि भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टरमा परामर्श तथा उपचार सेवाहरुमा १० प्रतिशतदेखि १५ प्रतिशतसम्मको छुट व्यवस्था रहेको छ ।

त्यसैगरी ग्राहकहरुको रोजाइको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै ‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालय, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्फत करिब ३१ लाखभन्दा बढी ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रवाह गर्दै आएको बैकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्