Logo
Logo

बैंकक-काठमाडौ पुनः उडान सुरु गरेकोे थाइ एयरवेजको घोषणा


441
Shares

काठमाडौं । थाइल्याण्डको ध्वजावाहक वायुसेवा थाइ एयरवेजले बैंकक-काठमाडौं उडान सुरु गरेको औपचारिक घोषणा गरेको छ । एयरवेजले उडान सुरु गरेको २ वर्षपछि यस्तो घोषणा गरेको हो ।

कम्पनीले बिहिबार काठमाडौंमा एक कार्यक्रम गरी नेपालमा पुनः उडान सुरु गरेको घोषणा गरेको हो । थाइ एयरवेजले सन् १९६८ मा बैंककबाट कलकत्ता हुँदै काठमाडौंमा उडान थालेकामा कोभिडको असरलाई कारण देखाउँदै २०२२ मार्चदेखि बन्द गरेको थियो ।

कम्पनीका सेल्स निर्देशक खुन विट किचाथोर्नले काठमाडौं र बैंककबीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु सौभाग्यको कुरा भएको बताए । ‘आर्थिक संकटले शून्यमा पुगेको थाइ एयरवेज पुरानै लयमा फर्किसकेको छ । यो सँगै नेपाल उडान सुरु गरेका हौं,’ उनले भने, ‘हवाई यातायातमार्फत आउजाउ गर्ने नेपाली र थाइ मात्र नभइ जापान र युरोपका पर्यटकलाई पनि नेपालमा आकर्षित गर्ने हाम्रो मुख्य उद्देश्य हो ।’

एयरवेजले ७ महिनाअघि नै सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजलाई आफ्नो जीएसए नियुक्त गरिसकेको छ । एयरवेजले जीएसए नियुक्त गरेलगत्तै पुनः उडान गर्न थालेकामा अहिले आएर औपचारिक घोषणा गरेको हो । उसले चार महिनादेखि काठमाडौंमा दैनिक २ वडा उडान गर्दै आएको छ ।

हाल एयरबसको न्यारोबडी जहाजमार्फत उडान गर्दै आएको कम्पनीले छिट्टै बोइङ ७८७ ‘ड्रिमलाइनर जहाज’मार्फत सेवा दिने तयारी थालेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्