Logo
Logo

प्रहरीमा जागिर लगाइदिने भन्‍दै ठगी गर्ने एकजना पक्राउ


630
Shares

मोरङ । प्रहरीमा जागिर लगाइदिने भन्‍दै ३ लाखभन्दा बढी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङको कटहरी गाउँपालिका– ३ बस्‍ने ४५ वर्षीय पन्चु पासवान रहेका छन् ।उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि ठगी कसूरमा मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

पासवानले कटहरी– ५ बस्‍ने सम्पतलाल झागडका छोरा राजकुमार उराँवलाई नेपाल प्रहरीको कार्यालय सहयोगी पदमा जागिर लगाइदिन्छु भन्‍दै ३ लाख ३० हजार नगद ठगी गरेको प्रहरीको आरोप छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000