Logo
Logo

संसद्को गरिमा र ओज खस्कँदै गएको छः अग्नि सापकोटा


252
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले संसद्को गरिमा र ओज खस्कँदै गएको बताएका छन्।

शनिवार काठमाडौँमा भएको नेपाल गणतान्त्रिक यातायात व्यवसायी संगठन बागमती प्रदेश समिति, काठमाडौंको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले संसदमा हुने बहस, छलफल, शब्द चयनहरू स्तरहीन, मर्यादाहीन भएको बताए ।

संसद् कुनै पनि देशको लोकतन्त्रको आत्मा, सुशासनको महत्त्वपूर्ण संवाहक भए पनि संसद्‌मा राम्रोसँग संसदीय गतिविधि सञ्चालन हुन नसकेको बताए ।

उनले अहिले अराजकताको स्थिति, प्रियतावादको रुझान र अस्तव्यस्तता राष्ट्रिय परिस्थितिका रूपमा देखिएको बताए । उनले आगामी आर्थिक वर्षको बजेट कुनै पनि रोकतोकबिना संसद्‌मा प्रस्तुत हुनेमा आफू आशावादी रहेको बताए । उनले अहिलेको राष्ट्रिय परिस्थिति जटिल र पेचिलो बन्दै गएको पनि बताए ।

उनले भने, ‘अहिलेको राष्ट्रिय परिस्थितिमा अलिकति जटिल र पेचिलो परिस्थिति पैदा भएको छ । सदन सुचारु गर्न दिनदिनै नेतृत्व तहमा पनि छलफल चलिरहेको छ । भोलिसम्म सहमतिको वातावरण बन्ने आशा गर्न सकिन्छ । कुनै न कुनै तरिकाले सहमति बन्छ र निकास निस्किन्छ । संसद्‌भन्दा उच्च जनप्रतिनिधिको थलो अर्को छैन । त्यहाँ हुने छलफल, बहस, शब्द चयन, वाक्य गठन सुन्दा स्तरहीन र मर्यादाहीन भएको छ ।’

उपाध्यक्ष सापकोटाले देश अहिले छटपटी, उकुसमुकुस वातावरणमा रहेको बताए । उनले देशमा विचारहीनको स्थिति सिर्जना भएको बताए ।

प्रतिक्रिया दिनुहोस्