Logo
Logo

गणतन्त्र दिवसको दिन काठमाण्डाैंमा आमसभा गर्दै जनमत


252
Shares

काठमाडौं । डा. सीके राउत नेतृत्वको जनमत पार्टीले गणतन्त्र दिवसको अवसर पारेर नौलो गणतन्त्रका लागि आन्दोलनको घोषणा गर्ने भएको छ । उक्त पार्टीले जेठ १५ गते काठमाडौंको भृकुटीमण्डपमा विशाल आमसभाको आयोजना गर्ने भएको हो ।

कार्यक्रमका लागि जनमत पार्टीका अध्यक्ष राउतले देशभरबाट पार्टीका नेता, कार्यकर्ता तथा सर्वसाधारणलाई नेपाल आउन आह्वान गरेका छन् । पार्टीले कार्यक्रमको बारेमा सबैभन्दा बढी प्रचार काठमाडौं उपत्यकामा गरिरहेको छ । यसका लागि अध्यक्ष राउत आफैँ पनि खटिएका थिए ।

बढीभन्दा बढी मान्छे काठमाडौं उपत्यकाकै होस् भन्ने उनको लक्ष्य रहेको छ । प्रचार प्रसारका लागि पार्टीका नेता तथा कार्यकर्तालाई उनले परिचालन उनले गरेका छन् ।

उपत्यकाबाट मात्र नपुग्ने भएपछि बाहिरी जिल्लाबाट पनि नेता तथा कार्यकर्तालाई काठमाडौँ उतार्ने तयारी भइरहेको छ । यसमध्ये सबैभन्दा बढी मधेस प्रदेशबाट आउनेछन् ।

एउटा पालिकाबाट कम्तीमा एउटा बस अनिवार्य गरिएको छ । यसका लागि पार्टीले तल्लो कमिटीलाई निर्देशन दिएको छ ।

कार्यक्रममा सहभागी हुनका लागि जनमत पार्टीबाट लुम्बिनी प्रदेश तथा कोशी प्रदेशबाट पनि नेता तथा कार्यकर्ता ल्याइने बताइएको छ । लुम्बिनी प्रदेशका केही स्थानीय तह तथा कोशी प्रदेशबाट झापा, मोरङ र सुनसरीबाट पनि नेता तथा कार्यकर्ता ल्याउन निर्देशन भएको पार्टीका नेताहरू बताउँछन् ।

नौलो गणतन्त्रका लागि आन्दोलन घोषणा गर्न आयोजना गर्ने कार्यक्रमको तयारीका लागि जनमतले अध्यक्ष राउतको नेतृत्वमा एउटा मूल कमिटी बनाएको छ भने त्यसका विभिन्न १८ वटा उपसमितिहरू छन् । पार्टीका अनुसार कार्यक्रमको तयारी लगभग पुरा भएको छ ।

प्रतिक्रिया दिनुहोस्