Logo
Logo

मुगुमा सामुदायिक विद्यालयका प्रधानाध्यापक मुगुमा सङ्गठित


252
Shares

मुगु । मुगुका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक (प्रअ) ले आफ्नो पेशागत हकहित र संरक्षणका लागि प्रधानाध्यापक सङ्घ गठन गरेका छन् । आज सदरमुकाम गमगढीस्थित महाकाली नमूना माध्यमिक विद्यालयमा भेला आयोजना गरी जिल्लाभरिका सामुदायिक विद्यालयमा कार्यरत प्रधानाध्यापक सङ्गठित भएका हुन् ।

भेलाले महाकाली माध्यमिक विधालयका प्रअ खडकबहादुर रोकायाको अध्यक्षतामा २५ सदस्यीय जिल्ला समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा बिर्खबहादुर बढुवाल, सचिवमा सुवास रावल, कोषाध्यक्षमा रञ्जिता कर्ण मल्लिक, सहसचिवमा नरेश शाहीसहित २५ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्मत निर्वाचित भएको अध्यक्ष खड्कबहादुर रोकायाले बताए ।

भेलाले जिल्लाका चार पालिकामा पनि पालिकास्तरीय समिति गठनका लागि संयोजक तोकेको छ । जसअनुसार सोरु गाउँपालिकाको लागि राजबहादुर मल्ल, खत्याड गाउँपालिकाको लागि टङ्क संज्याल, मुगुम कार्मारोङ्ग गाउँपालिकाका लागि लग्नसिङ्ग सेजुवाल र छायानाथ रारा नगरपालिकाको लागि चन्द्रप्रकाश बढुवाल संयोजक रहेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख मञ्जनबहादुर कार्किले प्रधानाध्यापक सङ्गठित भएपछि शिक्षक हक, अधिकारका साथै गुणस्तरी शिक्षण सिकाइ, पेशागत दक्षता र सामुदायिक शिक्षाको अवस्था सुधार्न योगदान पुग्ने विश्वास व्यक्त गरे ।

प्रधानाध्यापकहरुको प्रतिनिधित्व गर्दै भेलालाइ सम्बोधन गर्नुभएका जनज्योति माध्यमिक विद्यालय धुपी सोरु गाउँपालिकाका प्रधानाध्यापक सुवास रावलले सङघले गैरराजनीति चरित्रलाई व्यवहारमा उतार्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्