Logo
Logo

देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री


756
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन् । संसदको अवरोध हटाउन राजनीतिक सहमतिका लागि प्रधानमन्त्री प्रचण्ड देउवालाई भेट्न उनकै निवास पुगेको उनको सचिवालयले जनाएको छ ।

कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहेका छन् । यसपछि सत्तारुढ दलहरूले छलफलका लागि कांग्रेसलाई बोलाएका थिए । त्यसअघि देउवाले आन्तरिक छलफल गरिरहेको बताइएको छ ।

आज बस्ने प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ । तर, सहकारी ठगी प्रकरण सम्बन्धी गठित संसदीय छानविन समिति कार्यदलको कार्यादेशबारे सहमति जुट्न सकेको छैन । कार्यदेशमा सहमति जुटाउन शीर्ष नेताहरुको अहिले बैठक बस्ने भएको छ ।

नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने समेत सहकारीको रकम हिनामिनाका मुछिएको भन्दै छानविनको माग गर्दै संसद अवरोध गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्