Logo
Logo

ह्युस्टनविरुद्धको दोस्रो खेलमा पनि नेपाल विजयी


1.3k
Shares

काठमाडौं । आईसीसी टी–२० विश्वकपको तयारीमा रहेको नेपाली क्रिकेट टोलीले ह्युस्टन हरिकेन्ससँगको दोस्रो अभ्यास खेलमा पनि जित हासिल गरेको छ । शनिबार राति भएको दोस्रो अभ्यास खेलमा नेपालले हरिकेन्सलाई २७ रनले पराजित गरेको हो ।

यसअघि पहिलो अभ्यास खेलमा नेपाल ६ रनले विजयी भएको थियो । दोस्रो अभ्यास खेलमा नेपालले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको हरिकेन्स १८.३ ओभरमा ९६ रनमा अलआउट भयो ।

अब नेपाली टोली टेक्सासको डालास जानेछ । जहाँ नेपाल अमेरिका र क्यानडासँग विश्वकपअघिको आधिकारिक अभ्यास खेल खेल्नेछ । यसपछि नेपाली टोली सोमबार क्यानडासँग र बिहीबार अमेरिकासँग खेल्नेछ । टी–२० विश्वकपको पहिलो खेल भने नेपालले जुन ४ मा नेदरल्यान्ड्ससँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्