Logo
Logo

उपाधिका लागि कोलकाता र हैदराबाद भिड्दै


1.6k
Shares

काठमाडौं । ईन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को फाइनल खेलमा आज कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदराबाद भिड्दैछन् । खेल चेन्नईको एमए चिदम्बरम स्टेडियम (चेपौक)मा साँझ ७ः४५ बजे सुरु हुनेछ ।

यी दुई टोलीबिच यस सिजनको क्वालिफायर–१ पनि भिडन्त भएको थियो, जसमा कोलकाता ८ विकेटले विजयी भएको थियो । फाइनलमा भने कोलकाता र हैदराबाद पहिलो पटक भिड्न लागेका हुन् ।

कोलकाता चौथो पटक र हैदराबाद तेस्रो पटक फाइनल खेल्न लागेको हो । कोलकाताले दुई वर्षपछि र हैदराबादले पाँच वर्षपछि फाइनल खेल्न लागेका हुन् । कोलकाताले दुई पटक आईपीएलको उपाधि जितेको छ ।

यस सिजन लिग चरणमा कोलकाताले १४ मध्ये ९ खेलमा जित हात पारेको थियो भने ३ खेलमा मात्रै हार बेहोरेको थियो । टोली २० अङ्कसहित नम्बर १ बनेर प्लेअफमा पुग्न सफल भयो । यससँगै पहिलो क्वालिफायरमा कोलकाताले हैदराबादलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्