Logo
Logo

नारायणगढ-मुग्लिन सडकमा पहिरोले पुरिएर अपरेटरको मृत्यु


315
Shares

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलानजिक पहिरो खस्दा एक जनाको मृत्यु भएको छ । आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनी एएनकेको मेसिनमाथि पहिरो खस्दा डोजर चालकको मृत्यु भएको हो ।

मेसिनमाथि पहिरो खस्दा मेसिनमा समेत क्षति पुगेको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

पहिरो खसेर मेसिनमै च्यापिएका अपरेटरलाई बाहिर निकालेर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको डिभिजन कार्यालयले जानकारी दिएको छ । मृतक चालकको पहिचान हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्