
खोटाङ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) खोटाङको अध्यक्षमा निर्मल राई चयन चयन भएका छन् ।
शनिबार भएको जिल्ला भेलाले दिक्तेल रुपाकोट मझुवागढी–५ लफ्याङका राईलाई सर्वसहमत अध्यक्षमा चयन गरेको हो । राई २०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन जसपा नेपालबाट लफयाङको वडाध्यक्ष भएका थिए ।
राईको अध्यक्षतामा १११ सदस्यीय जसपा जिल्ला कमिटी गठन भएको छ । जिल्ला कमिटीको उपाध्यक्षमा गुरुराज राई, नैनकला राई, सचिवमा वीरेन्द्र कुमार दर्नाल, सह सचिवमा टिकाराम राई, शान्तिकला राई, प्रितिराज राई र कोषाध्यक्षमा गन्धमान राई चयन भएका छन्।














