Logo
Logo

श्रीमतीसँग झगडा हुँदा अरूणकुमारले आफ्नै शरीरमा आगो लगाए


3.3k
Shares

प्रतिकात्मक तस्वीर

काठमाडौं । काभ्रेको बनेपामा एक पुरुषले श्रीमतीसँग झगडा हुँदा आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएका छन् ।

बनेपा नगरपालिका–७, स्थित तरकारी बजारसिथत श्याम कृष्ण श्रेष्ठको घरमा डेरा गरी बस्ने पर्सा वीरगञ्जका ३५ वर्षीय अरूणकुमार यादवले आफ्नै शरीरमा मट्टितेल खन्याएर आगो लगाएका हुन् ।

श्रीमतीसँगको विवादका क्रममा उनले शरीरमा आगो लगाएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार अहिले उनको कीर्तिपुरस्थित बोर्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले यादवकी श्रीमती उषादेवीलाई नियन्त्रणमा लिएको छ । जुम्ल्याहा छोरीसहित उषालाई नियन्त्रणमा लिएर पनौती सेफ हाउस पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्