Logo
Logo
प्रतिनिधिसभा बैठक

नाराबाजी गर्दै कांग्रेसद्वारा वेल घेराउ


441
Shares

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दैै आज पनि संसद् अवरुद्ध गरेको छ । आइतबार मध्यान्न १२ बजे बसेको सुर भएको प्रतिनिधिसभा बैठकमा कांग्रेसले नाराबाजी गर्दै वेल घेराउ गरेको हो ।

बैठकको सुरुमा आकस्मिक समयमा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोल्न समय दिएपछि सभामुखले अर्थमन्त्री वर्षमान पुनलाई आर्थिक वर्ष २०८०–०८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा २०८१ पेश गर्न समय दिएपछि कांग्रेसले नारावाजी गर्दैै वेल घेराउ गरेको हो ।

कांग्रेसको नाराबाजीका बीच अर्थमन्त्रीले रोष्टममा पुगेर आर्थिक वर्ष २०८०–०८१ को आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक समीक्षा पेश गरेका छन् । जारी बैठकमा कांग्रेसले नाराबाजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्