Logo
Logo

कांग्रेसको नाराबाजीप्रति स्वर्णिमको टिप्पणी- बीपीको मानकलाई लज्जित बनायो


1.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद स्वर्णिम वाग्लेले सदनमा कांग्रेसले गरिरहेको नाराबाजीप्रति कटाक्ष गरेका छन् ।

कांग्रेस सांसदको नाराबाजीका बीच जारी सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले ६५ वर्ष अगाडि बीपी कोइरालाले स्थापित गरेको मानकलाई आजको अवस्थाले लज्जित बनाएको टिप्पणी गरे ।

उनले भने, ‘असहज वातावरणमा यसरी गरिमामय संसदमा उपस्थित भएर बोल्नुपर्ला जस्तो मलाई लागेको थिएन । ६५ वर्षअगाडि नेपाली लोकतान्त्रिक आन्दोलनका धरोहर, सबैका प्रेरणा, मेरा राजनीतिक आदर्श बीपी कोइरालाले स्थापित गर्नुभएको मानकलाई आज यो अवस्थामा पु¥याउनलाई यो लज्जास्पद, औचित्यहीन विरोधप्रति घोर खेद छ ।’

उनले सो अभिव्यक्ति दिइरहँदा कांग्रेस सांसदहरूले नाराबाजी गरिरहेका थिए । केही सांसदले चर्को आवाजमा होहल्ला समेत गरे । सभामुख देवराज घिमिरेले समेत विषयवस्तुमा आफ्ना कुरा राख्न उनको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्