Logo
Logo

तरलता बढेपछि राष्ट्र बैंकले ३५ अर्ब तान्ने


378
Shares

काठमाडौं । अत्याधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत जेठ ११ गते (शुक्रबार) बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्न लागेको हो ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत तान्न लागेको उक्त निक्षेपको अवधि ७ दिनको हुनेछ । हाल बैंकहरुसँग ५ खर्ब रुपैयाँ लगानी योग्य रकम रहेको छ भने अन्तर बैंक ब्याजदर २.९२ प्रतिशतमा झरेको छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप बढिरहे पनि कर्जा लगानी सुस्त हुँदा बैंकहरुमा तरलता थुप्रिरहेको छ । यसरी बैंकिङ प्रणालीमा थुप्रिएको तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले विभिन्न समयमा रिभर्स रिपो अर्थात निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट पैसा तान्दै आएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार हाल बैंक तथा वित्तीय संस्थाहरुसँग कुल ६१ खर्ब ९४ अर्ब रुपैयाँ निक्षेप रहेको छ भने कर्जामा कुल ५१ खर्ब १३ अर्ब रुपैयाँ लगानी भएको छ । हाल बैंकहरुसँग ५ खर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ भने अन्तर बैंक ब्याजदर २.९२ प्रतिशतमा झरेको छ । त्यस्तै, ट्रेजरी बिलको ब्याजदरसमेत अधिकतम ३.२० प्रतिशतमा खुम्चिएको छ ।

प्रतिक्रिया दिनुहोस्