Logo
Logo

रविलक्षित रामकुमारीको टिप्पणीः आर्थिक अपराधीलाई प्रवर्द्धन गर्ने छुट छैन


693
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सचिव रामकुमारी झाँक्रीले सहकारीमा जम्मा गरेका मानिसको पुँजीलाई अपचलन गरेर अवस्था नबदलिने बताएका छन् ।

आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै अर्बौं सहकारीमा जम्मा गरेका मानिसहरूको पुँजीलाई अपचलन गरेर अवस्था बदल्न नसकिने बताए ।

फाइल फोटो

उनले सहकारी सदस्य नभएको मान्छेले कृते गरेर जनताको बचत अपचलन गर्नु गम्भीर आर्थिक अपराध भएको आरोप लगाएका छन् ।

उनले भने, ‘जुन मान्छे सहकारीको सदस्य होइन, उसले कृते गरेर जनताको बचत अपचलन गर्छ भने त्यो आर्थिक अपराध हो । यो अपराधमा उठेका प्रश्नको जवाफ दिनु छैन, अनेक कृतेका कुरा अगाडि आइन्छ । लोकतन्त्रका लागि लडेका दल र तीनका सदस्यहरूमाथि जे गरिँदै छ , म भन्न चाहन्छु तपाईँहरूले जे गर्दै हुनुहुन्छ त्यसले अपराधलाई प्रवर्द्धन गर्दै हुनुहुन्छ । लोकतन्त्रमा कसैलाई भोट नहाल्ने अधिकार छ । तर अपराधलाई प्रवर्द्धन गर्ने, अपराधीलाई प्रवर्द्धन नगर्न म आग्रह गर्छु ।

उनले मिडियामा आएर उफ्रिएर अवस्था नबदलिने बताए । उनले शक्तिमा आएर शक्तिको दुरुपयोग गरेर व्यक्तिमाथि जाइलाग्नुले राम्रो सन्देश नजाने बताए ।

उनले व्यक्ति राज्यसँग लड्न नसक्ने भन्दै कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले व्यक्तिगत रिसिइबीमा पक्राउ गरेको बताए । उनले समाचार लेखेबापत पक्राउ गर्नु भनेको अपराधी, दोषीलाई कारबाही गर्न लिएको बुझन नसकिने बताए ।

उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै छानबिन गर्न दिएर आफ्नो निर्दोष प्रमाणित गर्ने अवसर अझै बाँकी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्