Logo
Logo

अनुदान घट्दै, ऋणको प्रतिबद्धता बढ्दै


378
Shares

काठमाडौं । पछिल्ला वर्षमा वैदेशिक अनुदान घट्न थालेको छ । तर, ऋणको अंश भने उच्च हिसाबले बढेको तथ्याङ्कमा उल्लेख छ । चालू आर्थिक वर्षको फागुनसम्म अनुदान ४० अर्ब ४९ करोड र ऋण ६२ अर्ब ९४ करोड प्रतिबद्धता आएको हो । 

चालू आर्थिक वर्षको ८ महिनामा १ खर्ब १ अर्ब १९ करोड वैदेशिक सहयोग प्रतिबद्धता आएको छ ।  यस अवधिको वैदेशिक सहयोग प्रतिबद्धतामध्ये अनुदान र ऋणको अनुपात क्रमशः ४०.० प्रतिशत र ६०.० प्रतिशत रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । 

गत आर्थिक वर्षको फागुनसम्म  १ खर्ब ३७ अर्ब १२ करोड वैदेशिक सहयोग प्रतिबद्धता रहेको थियो । तर अन्तर्राष्ट्रिय विकास सहायता उपयोग वृद्धि भएको छ । 

फागुनसम्म अनुदान र ऋण गरी  ६२ अर्ब ९७ करोड अन्तर्राष्ट्रिय विकास सहायता उपयोग भएको छ । यसमध्ये अनुदान र ऋणको अंश क्रमशः १३.१ प्रतिशत र ८६.९ प्रतिशत रहेको छ ।

गत आर्थिक वर्षको फागुनसम्म यस्तो उपयोग  ५३ अर्ब ४४ करोड रहेको थियो। यसमध्ये अनुदान र ऋणको अंश क्रमशः १९.३४ प्रतिशत र ८०.६६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७९÷८० मा अनुदान र ऋण गरी  १ खर्ब ३९ अर्ब ५७ करोड विकास सहायता उपयोग भएको थियो ।

यस अवधिमा कुल विकास सहायता उपयोगमा अनुदान र ऋणको अनुपात क्रमशः १६.७ प्रतिशत र ८३.३ प्रतिशत रहेको थियो।

प्रतिक्रिया दिनुहोस्