Logo
Logo

३ करोड बढीको कोकिनसहित एक महिला पक्राउ


315
Shares

काठमाडौं । दुबईबाट आएका कंगोका एकजना महिलालाई प्रहरीले १ केजी १०१ ग्राम कोकिन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा कङ्गो घर भएका ४९ वर्षीय अपुला इकुसु म्बोङ्गो छन् ।

उनको साथबाट बरामद कोकिनको मूल्य ३ करोड ८५ लाख हुने लागुऔषध नियन्त्रण ब्युरोका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

जेठ ४ मा दुबईबाट काठमाडौं ओर्लिएपछि ब्युरोको टोलीले उनलाई पिछा गरेको थियो । ठमेलस्थित एक होटलबाट पक्राउ गरेर उनको साथबाट ५८ पोका कोकिन बरामद गरिएको एसपी कार्कीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्