Logo
Logo

कांग्रेसद्वारा कर्णाली प्रदेशसभा बैठक अवरुद्ध


126
Shares

सुर्खेत । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । आइतबार बसेको बजेट अधिवेशनको तेस्रो बैठक कांग्रेसले अवरुद्ध गरेको हो ।

रातो किताबमा उल्लेखित भई सभाबाट पारित भएका १५ लाख मुनिका योजनाहरू अहिले कार्यान्वयन नगरी रोकिएको भन्दै बैठक अवरुद्ध गरेको हो ।

०८० असारमा तत्कालीन प्रमुख प्रतिपक्ष दल नेकपा एमालेसँग १५ लाख मुनिका योजनाहरू कार्यान्वयन नगर्ने भनेर सम्झौता भएको थियो । तर, अहिले एमालेले सरकारको नेतृत्व गरिरहेको छ । रातो किताबमा पनि आई संसद्बाट पारित भएका ५७४ वटा योजनाहरू अहिले अलपत्र अवस्थामा छन् ।

यसअघि मन्त्रिपरिषद्ले १० लाखका योजनालाई १५ लाख पुर्याइ कार्यान्वयन गर्ने र सडक र भवनतर्फका ३० लाख पुरयाई कार्यान्वयन गर्ने भनिएको थियो । तर, मुख्यमन्त्रीको रूपमा यामलाल कँडेल आएसँगै ती योजनाहरू कार्यान्वयन नगर्ने भनेपछि कांग्रेसले योजना जसरी हुन्छ कार्यान्वयन गर्नुपर्ने बताइरहेको छ ।

कांग्रेस सांसद सुरेश अधिकारी र प्रमुख सचेतक हिक्मत विष्टले ती योजना कार्यान्वयन गर्नुपर्ने बताउँदै संसद् अवरुद्ध गरेको हो ।

प्रतिक्रिया दिनुहोस्