Logo
Logo

प्रभु बैंकका डेबिड कार्ड प्रयोगकर्तालाई फार्म हाउस होटलमा छुट


567
Shares

पोखरा । मनाङमा अवस्थित फार्म हाउस होटल र प्रभु बैंक लिमिटेडबीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।

जेठ ११ गते एक समारोहका बीच फार्म हाउस होटल तर्फबाट प्रोपाइटर समराज गुरुङ्ख र प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत(सीईओ) अशोक शेरचनले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुले बैंकको डेबिड÷क्रेडीट कार्ड तथा बैकंको अन्य कुनै विद्युतीय माध्यमद्वारा बिल भुक्तानी गर्दा फार्म हाउस होटलमा उपलब्ध आवास, खाना र मनोरञ्जन लगायतका सेवा हरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्