Logo
Logo

नेपालको बेरुजु १२ खर्ब


315
Shares

काठमाडौं । आर्थिक वर्ष २०७९/८० सम्म नेपालको कुल बेरुजु १२ खर्ब पुगेको छ । महालेखापरीक्षक कार्यालयले राष्ट्रपति रामचन्द्र पौडेललाई पेस गरेको आर्थिक वर्ष २०७९/८० को अन्तिम लेखापरीक्षण प्रतिवेदनले बेरुजु १२ खर्ब पुगेको तथ्य देखाएको हो ।

महालेखापरीक्षक तोयम रायाले आइतबार राष्ट्रपतिलाई ६१औँ वार्षिक प्रतिवेदन पेस गरेका हुन् । लेखापरीक्षण प्रतिवेदन अनुसार आव ०७९/८० सम्म नेपालको कुल बेरुजु १२ खर्ब पुगेको छ । कार्यालयका अनुसार आव २०७९/८० सम्मको कुल अद्यावधिक बेरुजु ६ खर्ब ६९ अर्ब छ ।

यसमा लेखापरीक्षण बक्यौता, राजस्व बक्यौता, शोधभर्ना लिनुपर्ने वैदेशिक अनुदान तथा ऋण रकमसम्बन्धी समयमै कारबाही टुंगो लगाउनुपर्नेसहितको कारबाही गरी टुंगो लगाउनुपर्ने बेरुजु ११ खर्ब ८३ अर्ब पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्