Logo
Logo

गृहमन्त्रीको नाम नराखी संसदीय समिति बन्दैन: कांग्रेस 


378
Shares

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरण छानबिन गर्न गठित संसदीय समितिमा गृहमन्त्रीको नाम किटेरै उल्लेख गर्नुपर्ने आफ्नो अडान कायम रहेको बताएको छ।

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै कार्यदल सदस्य समेत रहेका सांसद जीवन परियारले कार्यदल बैठक काँग्रेसले अघि सारेको प्रस्तावमा जहाँको त्यही भएको बताए । उनले आफूहरू गृहमन्त्री लामिछानेको नाम तोकेरै कार्यादेश बनाउनुपर्ने अडानमा कायम रहेको उल्लेख गर्दै सत्तापक्ष सहमत नभएको बताए ।

उनले सत्तापक्ष विभिन्न शब्दहरूमा खेलिरहेको आरोप पनि लगाए। उनले विभिन्न सहकारीको रकम अपचलन भएको गोर्खा मिडिया नेटवर्कसँग सम्बद्ध पदाधिकारीलाई छानबिनको दायरामा नल्याएसम्म काँग्रेस मान्नेवाला नरहेको स्पष्ट पारे । उनले कार्यादेशमा सहमति भएर संसदीय छानबिन समिति नबने बजेट प्रस्तुत हुँदा आफूहरूको आन्दोलन जारी रहने बताए । 

प्रतिक्रिया दिनुहोस्