Logo
Logo

कांग्रेस सत्ता समीकरण भत्काउने चलखेलमा छ : शंकर पोखरेल


441
Shares

झापा । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाएका छन् । आइतबार झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले मुलुकमा अहिले अस्थिरता रहेको बताएका छन् । उनले राजनीतिक अन्योलको अवस्थामा मुलुक रहेको बताए । महासचिव पोखरेलले नेपाली कांग्रेसले संसदमा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको बताए ।

उनले आफू सरकारमा पुग्नका लागि कांग्रेस संसदलाई बन्धक बनाउन लागि परेको जिकिर गरे । संसदको अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको बताए ।

महासचिव पोखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्ने सामथ्र्य नेकपा एमालेले जुटाउन नसकेको बताए । उनले मिसन २०८४ मा नेकपा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्