Logo
Logo

निर्वाचन आयोगले खरिद गरेको मेसिनमा साढे तीन करोड बेरुजु


252
Shares

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले ०७९ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, राष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले मौज्दातमा रहेका पुनः प्रयोग गर्न सकिने निर्वाचन सामग्री प्रयोग नभएको ठम्याएको छ ।

आज सार्वजनिक भएको वार्षिक प्रतिवेदनमा मेसिनरी सामग्री पनि प्रयोग नभएको पाइएको जनाएको छ । प्रतिवेदनमा भनिएको छ– ‘विगतको निर्वाचनको तुलनामा कम खर्च भए पनि आयोगमा विगत निर्वाचनमा खरिद भई मौज्दातमा रहेका पुनः प्रयोग गर्न सकिने निर्वाचन सामग्री तथा मेसिनरी उपकरणको उपयोग भएको पाइएन ।’

त्यसैगरी, निर्वाचनमा मतदाताहरूको सहभागिता बढाउन र बदर प्रतिशतलाई घटाउन मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्ने औँल्याइएको छ ।

‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन, २०७४ मा ६८.६७ प्रतिशत मतदान भएकोमा २०७९ को चुनावमा ६१.८५ प्रतिशत मात्र मतदान भएकाले मतदानमा सहभागिता दर घटेको देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ, ‘यो वर्षको प्रत्यक्ष निर्वाचनतर्फ ६।०६ प्रतिशत र समानुपातिकतर्फ ५।०९ प्रतिशत मत बदर भएको छ । मतदानमा सहभागितादर वृद्धि गर्न एवं बदर मत प्रतिशतलाई न्यूनीकरण गर्न मतदाता शिक्षालाई प्रभावकारी बनाउनुपर्दछ ।’

महालेखा परीक्षकको कार्यालयले मतपत्र छपाइको कागज ४५ प्रतिशत मात्र प्रयोगमा आएको देखाएको छ । ५५ प्रतिशत कागज थन्किएकाले आवश्यकता विश्लेषण गरेर मात्रै कागज खरिद गर्न प्रतिवेदनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्