Logo
Logo

राष्ट्रियसभा बैठक : ‘मिडिया काउन्सिल विधेयक २०८०’ पेस


252
Shares

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘मिडिया काउन्सिल विधेयक २०८०’ पेस गर्नुभएको छ । सो विधेयक बैठक समक्ष पेस गर्दै उहाँले पत्रकारिता क्षेत्रमा पेशागत तथा व्यावसायिक आचरण कायम राख्न तथा स्वनियमनलाई प्रवर्द्धन गरी स्वच्छ, स्वतन्त्र तथा जवाफदेही पत्रकारिताको विकास तथा संरक्षणका लागि विधेयक आवश्यक रहेको बताए । मन्त्री शर्माले स्वायत्त, नियामक निकायका रुपमा मिडिया काउन्सिलको स्थापना र सञ्चालन सम्बन्धमा नयाँ कानुनको मस्यौदाको आवश्यकता औँल्याए ।

उनले भने, ‘राष्ट्रिय आमसञ्चार नीति, २०७३ लागू भई प्रेस काउन्सिललाई पत्रकारिता क्षेत्रको आचारसंहिता उल्लङ्घनसम्बन्धी उजुरी सुनुवाइ गर्ने स्वतन्त्र र स्वायत्त सक्षम निकायका रुपमा विकास गर्न तथा पत्रकारिता क्षेत्रमा आएका परिवर्तन एवं प्रविधिमा आएको विकासको प्रयोगलाई आत्मसात गरी प्रेस काउन्सिललाई मिडिया काउन्सिलमा रुपान्तरण गरी सक्षम निकायका रुपमा विकास गर्न तथा समय सापेक्ष विद्युतीय अनलाइनलाई नियमन गर्न मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक २०८० सभा समक्ष पेस गर्दछु ।’

बैठकमा उहाँले छापा पत्रकारिता पेशालाई मर्यादित, उत्तरदायी र जिम्मेवार एवं सुसुचित बनाइ स्वच्छ र स्वतन्त्र रुपमा पत्रकारिताको विकास, संरक्षण, स्वनियमनलाई व्यवस्थित बनाउन कानुन निर्माण गर्न आवश्यक भएकाले मिडिया काउन्सिलसम्बन्धी कानुनलाई संशोधन एकीकरण गर्न बनेको विधेयक २०८० ल्याउनुपरेको हो भने ।
सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘मिडिया काउन्सिल विधेयक २०८०’ माथि राष्ट्रियसभा नियमावली २०७५ को नियम ९९ बमोमिज कुनै पनि सांसदबाट विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा बैठकमा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्