Logo
Logo

भीआईपी सुरक्षामा अझै १ हजार २४७ प्रहरी


1.4k
Shares

काठमाडौं । गृह प्रशासनले बहालवाला विशिष्ट व्यक्ति तथा पूर्वपदाधिकारीको सुरक्षार्थ खटिने अतिरिक्त सुरक्षाकर्मीको संख्या घटाइरहेको बताए पनि तथ्यांकमा बढिरहेको देखिएको छ ।

महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट १ हजार २४७ सुरक्षाकर्मी खटाइएको पाइएको छ । आर्थिक वर्ष ०७८/७९ मा बहालवाला तथा पूर्वविशिष्ट व्यक्ति तथा पदाधिकारीलाई ९०३ सुरक्षाकर्मी खटाइएको प्रतिवेदनमा उल्लेख छ ।

विशिष्ट व्यक्तिको सुरक्षा जोखिमका आधारमा कानूनी व्यवस्था गरेर मात्र सुरक्षाकर्मी उपलब्ध गराउनुपर्नेमा त्यसो नभएको भन्दै महालेखा परीक्षकको प्रतिवेदनमा प्रश्न उठाइएको छ ।

राजनीतिक नेतृत्व र अवकाशप्राप्त उच्च अधिकृतहरूको घरमा सुरक्षाकर्मीलाई खटाएर दुरुपयोग गरिएको भन्दै आलोचना हुने गरेको छ ।

विगतमा रामबहादुर थापा बादल, नारायणकाजी श्रेष्ठदेखि हालका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पालामा सम्म भीआईपी सुरक्षामा खटिएका अतिरिक्त सुरक्षाकर्मीलाई फिर्ता बोलाउने अभियान चलाइएको छ ।

तर त्यसरी सुुरक्षाकर्मीलाई फिर्ता तानिएको केही समयमै उनीहरू फेरि त्यहीँ खटाइने गरेका छन् । सरकारले २०७७ मा विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी कार्यविधि ल्याएको थियो ।

त्यसअनुसार कार्यान्वयन गर्ने भन्दै सरकारले पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वप्रधानमन्त्रीहरूदेखि पूर्वउच्च सुरक्षा अधिकृतहरू सम्मको सुरक्षाकर्मी घटाएको थियो ।

प्रतिक्रिया दिनुहोस्